फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छः भुवन केसी

नेपालभ्युज

फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्छः भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन्  ।

आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा सोमवार बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताए ।

उनले मुस्ताङ, मनाङ लगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र वाह्य पयर्टकहरु बढाएको बताए । उनले नेपाली चलचित्रलाई विश्वमाझ पुर्‍याउने चुनौति अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताए । उनले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताईन् । उनले सिनेमामा नेपाली सौन्दर्यताहरु कैद गरेर ति दृश्यहरु प्रस्तुत गर्दा आन्तरिक र वाह्य पर्यटकहरु बढेको बताए । उनले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताए । स्थानीय तहले नै यसबारेमा बढी ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रिभ्युमा रंगपत्रकारहरुले गरेको रिभ्युमा आक्रोश व्यक्त गरे । फिल्म पत्रकारले फिल्मको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न फिल्म बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको भन्दै आक्रोश जनाए । फिल्मलाई फिल्मको नजरबाट हेर्न आवश्यक रहेको उनले बताए । उनले राम्रो फिल्म बनाउँदा राम्रो भन्न सक्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved