दहीमा नुन मिसाएर खानु सही कि गलत ?

नेपालभ्युज

दहीमा नुन मिसाएर खानु सही कि गलत ?

एजेन्सी । कतिपय मानिसलाई दहीमा चिनी राखेर खान मन पर्छ भने कतिपयलाई नुन राखेर । यहाँ प्रश्न उठ्छ दहीमा नुन मिसाएर खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन भनेर ?  आज यही विषयमा जान्ने कोसिस गरौं ।

दहीमा राम्रो मात्रामा क्यालोरी हुन्छ । यसबाहेक यसमा प्रोटिन, भिटामिन डी, क्याल्सियम, फस्फोरस, लेक्टोज तथा आइरन जस्ता पोषक तत्व पनि पाइन्छन् । यसले शरीरलाई धेरै फाइदा गर्छ ।

आयुर्वेदका अनुसार तपाईं दहीलाई मह, चिनी, मिश्री वा घ्यूसँग खान सक्नुहुन्छ । दहीलाई मुंगको दालमा मिसाएर खानु पनि फाइदाजनक हुन्छ । तपाईं दहीलाई महीको रुपमा पनि पिउन सक्नुहुन्छ ।

आयुर्वेदलाई मान्ने हो भने तपाईं दहीमा थोरै नुन र जिराको पाउडर मिसाएर खान सक्नुहुन्छ । तर तपाईंले दैनिक रुपमा दहीमा नुन मिसाएर खानुभयो भने यसले पित्त तथा कफको समस्या बढ्न सक्छ ।

दहीमा करोडौं संख्यामा गुड ब्याक्टेरिया पाइन्छन् जो जीवित अवस्थामै शरीरमा जान जरुरी हुन्छ । नुन राखियो भने यस्ता गुड ब्याक्टेरिया मर्न थाल्छन् ।

दहीमा नुन राखेर अत्यधिक खाएमा यसले पाचन प्रणालीमा पनि असर गर्छ । यसले एसिडिटी र ग्यास जस्ता समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

विशेषगरी चिसो समयमा दहीमा नुन राखेर खाँदा कफको समस्या हुन सक्छ । यसले मानिसलाई रुघाखोकी पनि लाग्न हुन्छ । साथमा घाँटीमा पनि समस्या आउन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved