काठमाडौं । रौतहट घटनाको विरोधमा हिन्दु समाजले वीरगन्ज महानगरपालिकाको बजार बन्द गराएको छ । हिन्दु समाजका समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन गरेपछि व्यापारीहरुले बजार बन्द गराएका छन् भने चहलपहलसमेत कम हुँदै गएको छ ।
बन्दका कारण घण्टाघर, माई स्थान, आदर्शनगर, घडिअर्वा पोखरीसहित मुख्य बजार क्षेत्रका अधिकांश पसल बन्द भएका छन् । सडकमा नारा लगाउँदै निस्किएका हिन्दु समाजका कार्यकर्ताले जय श्रीरामको नारा लगाएका छन् ।
बजार क्षेत्रमा प्रदर्शन गर्नुअघि हिन्दु समाजका समर्थकहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
रौतहटको इशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउने क्रममा शनिबार दुई पक्षबीच झडप भएको थियो । स्थिति अनियन्त्रित भएपछि रौतहट प्रशासनले इशनाथ नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।
Facebook Comment
Comment