अग्रपंक्तिमा रहेको अवडिभकाबाट सेना फिर्ता गर्दै युक्रेन

नेपालभ्युज

अग्रपंक्तिमा रहेको अवडिभकाबाट सेना फिर्ता गर्दै युक्रेन

युक्रेन । युक्रेनले अग्रपंक्तिमा रहेको पूर्वी शहर अवडिभकाबाट सेना फिर्ता गर्न आदेश दिएको युक्रेनी सशस्त्र बलका कमाण्डर-इन-चीफ ओलेक्सान्डर सिर्स्कीले शनिबार बताएका  छन् ।

“घेराबाट बच्न र सेवाकर्मीहरूको जीवन र स्वास्थ्यको रक्षा गर्न, मैले शहरबाट हाम्रा सैनिक एकाइहरू फिर्ता लिने निर्णय गरें,” सिर्स्कीले फेसबुकमा लेखेका छन् ।

उनले युक्रेनका लागि सैनिकको जीवन सबैभन्दा महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन्। युक्रेनी सेनाले जटिल सुरक्षा स्थितिलाई स्थिर बनाउन विभिन्न उपायहरू गरिरहेको पनि सिर्स्कीले उल्लेख गरेका छन् ।

यसै हप्ताको शुरुमा स्थानीय सञ्चार माध्यमले रूसी सेनाहरूले युक्रेनी सेनासँग भीषण लडाइँ पछि डोनेट्स्क क्षेत्रको औद्योगिक शहर अवडिभकामा पकड बलियो बनाएको जनाएका थिए । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved