सलमान-शाहरुखको ब्लकबस्टर फिल्म, रिलीज भएपछि नोटको वर्षात्

नेपालभ्युज

सलमान-शाहरुखको ब्लकबस्टर फिल्म, रिलीज भएपछि नोटको वर्षात्

एजेन्सी । बलिउडमा कयौं त्यस्ता फिल्म पनि बनेका छन् जसलाई सायद दर्शकले कहिल्यै भुल्नेछन् ।

यी फिल्मको कथा मात्र नभएर त्यसका चरित्र तथा कलाकारले पनि छुट्टै छाप छोडेका छन् । त्यस्तै एउटा फिल्म थियो जसमा सलमान खान र शाहरुख खानको जोडीले दर्शकको मन जितेको थियो ।

जहाँ सलमानले सेटमा सजिलै अभिनय गर्दथे भने शाहरुख खानको कारणले रिटेक लिनुपर्थ्यो । सन् १९९५ को त्यो ब्लकबस्टर फिल्मलाई अहिले पनि दर्शकले मन पराउँछन् ।

जब यो फिल्म सिनेमाघरमा रिलीज भयो तब बक्स अफिसमा तहल्का मच्चियो । निर्माता पैसा गनेर थाकेका थिए । करीब ६ करोड भारतीय रुपैयाँमा बनेको उक्त फिल्मले बक्स अफिसमा ५३ करोडको कमाई गरेको थियो ।

उक्त ब्लकबस्टर फिल्म राकेश रोशनको निर्देशनमा बनेको ‘करण अर्जुन’ थियो । यस फिल्ममा शाहरुख खान, सलमान खान, काजोल, ममता कुलकर्णी र जोनी लिवर लगायतको महत्वपूर्ण भूमिका थियो ।

जोनी लिवरले यससँग जोडिएका घटना बताउने क्रममा शाहरुख उक्त फिल्मका लागि एकदमै गम्भीर हुने गरेको र पटक पटक सीनको अभ्यास गर्ने गरेको बताए । त्यस्तै सलमान भने हाँसो र रमाइलोमै फिल्ममा काम गर्दथे ।

फिल्म ‘करण अर्जुन’ दुई भाईको पुनर्जन्मको कथामा आधारित छ । फिल्मले त्यतिबेला कमाईका सबै रेकर्ड तोडेको थियो । लगानी भन्दा करीब १० गुणा धेरै कमाई गरेर यसले इतिहास नै रचेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved