काँचो मेवा खाँदा कस्तो लाभ हुन्छ ? जानौं सेवन गर्ने तरिका

नेपालभ्युज

काँचो मेवा खाँदा कस्तो लाभ हुन्छ ? जानौं सेवन गर्ने तरिका

एजेन्सी । काँचो मेवा पनि स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसको सेवन गर्नाले शरीरमा विभिन्न पोषक तत्वहरु प्राप्त हुन्छ । आज जानौं काँचो मेवा खाँदा हुने फाइदा र यसलाई सेवन गर्ने तरिका बारेमा–

  • काँचो मेवामा धेरै पोषक तत्वहरु पाइन्छन् । यसभित्र म्याग्नेशियम, जिंक, भिटामिन बी, बीटा क्यारोटिन, भिटामिन ए, क्याल्सियम, पोटाशियम, फोलेट, लाइकोपीन जस्ता एन्टीअक्सीडेन्ट भरपूर मात्रामा पाइन्छ ।
  • काँचो मेवामा स्टेफिलोकोकस ओरियस, बेसिलस सेरेस जस्ता विभिन्न पोषक तत्वहरु पाइन्छन् जसले शरीरलाई विभिन्न संक्रमणबाट जोगाउँछ । यसले पिसाबको संक्रमणको समस्याबाट पनि बचाउँछ ।
  • काँचो मेवामा पपेन नामक एन्जाइम पाइन्छ, जसले प्रोटिनलाई पचाउन सहयोग गर्छ । यसले पेटका समस्याहरुबाट बच्न सकिन्छ । तपाईं कब्जियत, अपच जस्ता समस्याहरुबाट पनि बचाव गर्न सकिन्छ ।
  • काँचो मेवामा हुने एन्टीअक्सीडेन्टले फ्री रेडिकल्सलाई कम गर्ने र छालामा निखार ल्याउने काम गर्छ । काँचो मेवाले छालालाई सूर्यको हानिकारक किरणहरुबाट बचाउने काम गर्छ । साथमा यसले छालालाई मोइस्चराइज गर्छ ।

कसरी खाने
तपाई काँचो मेवालाई विभिन्न तरिकाले खान सक्नुहुन्छ । यसलाई सलादको रुपमा काटेर खान सकिन्छ । साथमा यसलाई हल्का उसिनेर पनि खान सकिन्छ । त्यस्तै यसबाहेक तपाईं काँचो मेवालाई अमिलो पिरो तरकारी बनाएर पनि खान सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved