यूरोको मूल्य घट्दा डलरको स्थिर 

नेपालभ्युज

यूरोको मूल्य घट्दा डलरको स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरोको मूल्य घटेको छ भने डलरको भाउ स्थिर रहेको छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । एक यूरोको खरिद दर १४२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ कायम भएको छ ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved