बैसाखीको सहारामा ऋतिक रोशन

नेपालभ्युज

बैसाखीको सहारामा ऋतिक रोशन

काठमाडौं । ऋतिक रोशनले आफ्नो इन्स्टाग्राममा एउटा तस्वीर शेयर गरेका छन् ।

शेयर गरिएको तस्वीरमा ऋतिक बैसाखीको सहारा लिएर उभिएको देखिन्छ । यो तस्वीर देखेर ऋतिकका फ्यानहरु छक्क परेका छन् ।

पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘शुभ दिउँसो तिमीहरूमध्ये कतिलाई बैसाखी वा ह्वीलचेयर चाहिएको छ । यसमा भरपर्दा कस्तो लाग्यो ?’

अरूको अगाडि आफूलाई कमजोर नदेखाउन आफ्ना हजुरबुबाले एकपटक विमानस्थलमा ह्विलचियरमा चढ्नै नमानेको पनि उनले पोस्टमा बताएका छन् । चोट लागेकोले उनलाई ह्विलचियरमा बस्न भनिएको थियो । तर, ऋतिकका हजुरबुबाले आफू बुढो भएकोले ह्विलचियरमा बस्न लगाए भन्ने सोचे ।

वास्तवमा मंगलबार उनको मांसपेशी तन्किएको थियो । तन्किएपछि उनलाई धेरै पीडा भएको थियो र राम्ररी उभिन पनि सकिरहेका थिएनन् ।

बिहान उठेपछि उनलाई हजुरबुवाको यो भनाइ याद आयो, जुन उनले आफ्ना फ्यानहरूसँग साझा गरेका थिए । ऋतिकका फ्यानहरुले उनीप्रति चिन्ता व्यक्त गरेका छन् ।

धेरै सेलिब्रेटीहरुले पनि उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved