विश्वकप क्रिकेट लिग २ : नामिबियाविरुद्ध नेपालको ब्याटिङ संकटमा

नेपालभ्युज

विश्वकप क्रिकेट लिग २ : नामिबियाविरुद्ध नेपालको ब्याटिङ संकटमा

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाविरुद्ध नेपालको ब्याटिङ संकटमा परेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो। तर, नेपालका ब्याटर टिक्न सकिरहेका छैनन्।

९.३ ओभरमा ४ विकेट गुमाएको नेपालले १६ ओभरको समाप्तीमा जम्मा ४३ रन बनाएको छ। अहिले भीम सार्की र कुशल मल्लले ब्याटिङ गरिरहेका छन्।

विष्फोटक कमब्याक गरेका अनिल साह ८ रनमा आउट भए । पहिलो बलमै कुशल भूर्तेल डगआउट भएपछि नेपालको विकेट पतन रोकिएको छैन

आसिफ शेख ४ र कप्तान रोहित कुमार पौडेल १ रनमै आउट भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved