ललिता निवासको फैसला बिहीबार सुनाउने तयारी

नेपालभ्युज

ललिता निवासको फैसला बिहीबार सुनाउने तयारी

काठमाडौं ।  विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधबार तयार भई नसकेको हुनाले बिहीबार सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मंगलबार सकिएको थियो । सुनुवाइ सकिएपछि आज फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले भोलि सुनाउने तयारी भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved