इमरान खानको पार्टीको चेतावनी : देशमा अस्थिरता थपिँदैछ

नेपालभ्युज

इमरान खानको पार्टीको चेतावनी : देशमा अस्थिरता थपिँदैछ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले गठबन्धन सरकार बनाउने योजनालाई लिएर चेतावनी दिँदै देशमा अस्थिरता थपिने बताएको छ ।

तेहरिक-ए-इन्साफ पाकिस्तानका प्रवक्ता रउफ हसनले भनेका छन्, ‘जनताले इमरान खानलाई ठूलो समर्थन गरेका छन् तर यो जनादेश चोरिएको छ।’

इमरान अहिले जेलमा छन् ।

इमरानको समर्थनमा चुनाव जितेका उम्मेदवारहरूले राष्ट्रिय सभामा सबैभन्दा बढी सिट प्राप्त गरेका छन्, तर बहुमतीय सरकार बनाउन यो पर्याप्त छैन।

पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी मुस्लिम लिग (एन) र बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टीले नयाँ गठबन्धन सरकार बनाउने बताएका छन् ।

पाकिस्तानको शासन सञ्चालन गर्ने वर्तमान कार्यवाहक सरकारले मतदानमा धाँधली भएको आरोपलाई अस्वीकार गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved