स्वास्थ्यमन्त्री बस्नेतको दाबी : गरिब र विपन्नले उपचार पाउने क्रम बढ्यो

नेपालभ्युज

स्वास्थ्यमन्त्री बस्नेतको दाबी : गरिब र विपन्नले उपचार पाउने क्रम बढ्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नहरुले उपचार पाउने क्रम बढिरहेको दाबी गरेका छन् ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अबका दिनमा कोही पनि नेपालीहरु पैसा नभएको र गरिव कुलमा जन्मिएका कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिवद्धता जनाए ।

उनले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए ।

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकहरुको मौलिक अधिकार भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved