काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी सीडब्लुसी लिग–२ खेल्ने राष्ट्रिय टोली सार्वजनिक गरेको छ।
क्यानले बुधबार अनिल साह र देव खनाललाई सामावेश गर्दै राष्ट्रिय टोलीको घोषणा गरेको हो। यसअघि घोषणा गरेको टोलीमा अनिल र देवलाई समावेश गरिएको थिएन।
क्यानले क्यानडाविरुद्धको सिरिजमा अनिल र देवको प्रदर्शनको आधारमा टोलीमा फेरबदल गरेको हो। अनिल र देवलाई टोलीमा जोड्दा अर्जुन साउद र रिजन ढकाल भने टोलीबाट बाहिरिएका छन्।
नेपाली टोलीमा कप्तान रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भूर्तेल, आरिफ शेख, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङसहित अनिल र देव टोलीमा रहेका छन्।
नेपालले बिहीबार नामिबियासँग खेल्दै लिग-२ को सुरुवात गर्नेछ । खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लिग-२ खेल्न नामिबिया र नेदरल्याण्डसको टोली काठमाडौं आइसकेका छन् ।
Facebook Comment
Comment