एजेन्सी । अष्टवक्रासनको अभ्यास गर्नु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । दैनिक यो योगासन गर्नाले विभिन्न रोगबाट लड्ने क्षमता बढ्छ । यो गर्ने तरिका र यसबाट प्राप्त हुने फाइदाबारे जानौं–
अष्टवक्रासन गर्ने विधि
अष्टवक्रासन गर्न खुट्टालाई सीधा गरेर बस्नुहोस् । त्यसपछि दुवै खुट्टाका पन्जा इन्टरलक गर्नुहोस् अनि दायाँ हातलाई खुट्टाको बीचमा राखेर हत्केलालाई जमिनमा राख्नुहोस् ।
अब बायाँ हातको हत्केलालाई काँधको बराबर जमिनमा बलियोसँग राखेर शरीर र खुट्टालाई माथि उठाउने कासिस गर्नुहोस् । यसरी पाँचपटक गर्नुहोस् ।
फाइदाहरु
- अष्टवक्रासन गर्नाले तनाव कम हुन्छ । साथमा यसको अभ्यासले तपाईंको दिमाग पनि फ्रेस हुन्छ ।
- अष्टवक्रासन पेटका लागि पनि फाइदाजनक हुन्छ । यसको अभ्यास गर्नाले पेट, ग्यास तथा अपचको समस्या कम हुन्छ । साथमा यसले पाचन प्रणाली पनि सुधार्छ ।
- अष्टवक्रासनको अभ्यास गर्नाले सम्पूर्ण शरीरमा लचिलोपन आउँछ । साथमा यसले शरीरका मांसपेशी पनि बलियो हुन्छ ।
- अष्टवक्रासनले रक्तसञ्चारलाई राम्रो बनाउने काम गर्छ । यसले सम्पूर्ण शरीरको रगत प्रवाह राम्रो तरिकाले हुन्छ ।
- अष्टवक्रासन गर्नाले हात तथा पाखुरा बलियो हुन्छन् । यसको दैनिक अभ्यास गर्नाले शरीरको तौल कम गर्न पनि सहयोग गर्छ ।
Facebook Comment
Comment