एजेन्सी । शरीरलाई स्वस्थ बनाउन विभिन्न भिटामिन तथा मिनरल्स चाहिन्छ । ती मध्ये एक महत्वपूर्ण तत्व जिंक पनि हो ।
शरीरमा जिंकको कमी हुँदा पनि विभिन्न समस्या हुन सक्छन् । त्यसैले यसको कमी पूरा गर्न जिंक भएका खानेकुरा खानु पर्छ ।
बीज
फर्सीका बीज, तिल, आलस आदिमा राम्रो मात्रामा जिंक पाइन्छ । यी बीजलाई तपाईंले नास्तामा समावेश गरेर खान सक्नुहुन्छ ।
दुग्धजन्य पदार्थ
दुग्धजन्य पदार्थ दुध, पनीर तथा दहीमा पनि जिंक एकदमै राम्रो मात्रामा पाइन्छ । शरीरमा जिंकको कमी पूरा गर्न दुग्धजन्य पदार्थ आफ्नो खानपानमा समावेश गराउन सकिन्छ ।
तरकारी
जिंकको कमी पूरा गर्नका लागि खानपानमा तरकारी पनि राम्रो मात्रामा खानु पर्दछ । यसका लागि तपाईं मटर, पालक, ब्रोकाउली जस्ता तरकारी खान सक्नुहुन्छ ।
नट्स
मुंगफली, बदाम, काजु जस्ता नट्समा पनि जिंक राम्रो मात्रामा हुन्छ । यसको सेवनले यो मिनरलको कमी पूरा गर्न सक्नुहुन्छ ।
डार्क चकलेट
डार्क चकलेटमा धेरै फाइदाजनक एन्टीअक्सीडेन्टहरु पाइन्छन् । यसका साथमा जिंक पनि राम्रो मात्रामा पाइन्छ । यदि तपाईंलाई चकलेट मन पर्छ भने डार्क चकलेट खानु फाइदाजनक हुन्छ ।
माछा
माछा फ्याटी एसिड र ओमेगा ३ को राम्रो स्रोत मानिन्छ । यसबाहेक माछामा जिंकको मात्रा पनि प्रसस्त पाइन्छ ।
अन्डा
अन्डामा पनि जिंकको मात्रा हुन्छ । यसमा पाइने ल्यूटिनले स्किन इलास्टिसिटीमा पनि सुधार गर्न सक्छ ।
Facebook Comment
Comment