कोलेस्ट्रोल कम भएका तेल, जसलाई ढुक्कसँग खान सकिन्छ

नेपालभ्युज

कोलेस्ट्रोल कम भएका तेल, जसलाई ढुक्कसँग खान सकिन्छ

एजेन्सी । अहिले स्वस्थ कसरी हुने भन्ने एकदमै चुनौतीको विषय बन्दै गइरहेको छ ।

शहर बजार तथा घरमै पनि स्वस्थकर भन्दा अस्वस्थकर खानाले प्रभूत्व जमाएको छ । शरीरमा खराब कोलेस्ट्रोल नबढोस् भन्ने चाहनुहुन्छ भने त्यस्ता केही तेलको प्रयोग गर्न सक्नुहुन्छ । जुन तेलले फाइदा गर्छन् ।

जैतुनको तेल

जैतुन अर्थात ओलिभको तेल स्वस्थताको लिस्टमा पहिलो नम्बरमा पर्दछ । यस तेलमा कुनै कोलेस्ट्रोल हुँदैन ।

एक्स्ट्रा भर्जिन ओलिभ तेल एउटा स्वस्थकर विकल्प हुन सक्छ । यसमा अन्यको तुलनामा यसमा उच्च मात्रामा पोषकतत्व पनि पाइन्छन् ।

तीलको तेल

तीलको तेलमा पनि कोलेस्ट्रोलको मात्रा हुँदैन । तीलको तेल तरकारी पकाउन वा सलादहरुमा प्रयोग गर्न सकिन्छ ।

यदि तपाईंलाई कोलेस्ट्रोलको समस्या छ भने तीलको तेल प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

बदामको तेल

बदामको तेलमा पनि विभिन्न पोषक तत्व संरक्षित हुन्छन् । यसलाई प्रयोग गर्दा कोलस्ट्रोल बढ्दैन ।

चियासीड तेल

चियासीडबाट बनेको तेलमा अल्फा–लिनोलेनिक एसिड तथा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । जो मुटुका लागि फाइदाजनक हुन्छ । विकल्पको रुपमा यो तेल पनि एकदमै राम्रो हुन्छ ।

एवोकाडो तेल

उच्च कोलेस्ट्रोल भएका व्यक्तिले एवोकाडोको तेल पनि प्रयोग गर्न सक्छन् । जो उच्च तापमानमा पनि स्वादिष्ट मानिन्छ । यो तेलले आँखाको स्वास्थ्यलाई पनि राम्रो गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved