विश्व रेडियो दिवस मनाइँदै

नेपालभ्युज

विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । विश्व रेडियो दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।

यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ तय गरिएको छ ।

नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो ।

नेपालमा एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । अहिले मुलुकका लगभग सबै जिल्लामा एफएम रेडियो सञ्चालित छन् । बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रका अन्य माध्यम र विकल्प प्रयोगमा आए पनि रेडियोको महत्व र योगदान भने उत्तिकै प्रभावकारी छ ।

राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका रेडियो स्टेशन आजभोलि आर्थिक संकटसँग जुधिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved