विचार

युद्धको दोस्रो वर्षगाँठ : कहाँ चुके रुस, युक्रेन र नेटो ?

सन् १९३९-४० मा फिनल्याण्डले जस्तै यूक्रेनले आफनो स्वतन्त्रताको युद्ध लडेको छ । एक अर्थमा जितेको छ । फिनल्याण्डको स्वतन्त्रता केही भूभागको मूल्यमा सम्भव भएको थियो । तर, अब सन् २०१४ अघिको यूक्रेन भनिने नक्सा पुन स्थीर हुने सम्भावना कम छ ।

युद्धको दोस्रो वर्षगाँठ : कहाँ चुके रुस, युक्रेन र नेटो ?

यूक्रेन युद्धको दोस्रो वर्षगाँठ नजिकिँदै गर्दा वार्ता र युद्धविरामको चर्चा फेरि उठ्न थालेको छ । यस्तो चर्चाको आधार र बाचा के हो भने जब कुनै युद्धमा कसैले जित्न सक्दैन, तब शान्ति स्थापना गर्न खोजिन्छ ।

सन् २०२२, फेब्रुअरी २४ मा रुसले ४ वटा मोर्चाबाट यूक्रेनमाथि स्थल तथा हवाई आक्रमण सुरू गरेको थियो । सोही वर्ष र महिनाको २८ तारिखमा रुसी र यूक्रेनी अधिकारी शान्तिवार्ता सुरुवात गर्न बेलारुसको गोमेलमा सँगै भएका थिए । स्थगन हुनुअघि १ महिनासम्म वार्ता चलेको थियो ।

सन् २०२३ जुन १७ मा रुसी राष्ट्रपति ब्लादिमिर पुटिनले रुसी टेलिभिजनका क्यामेराअघि उभिएर ‘शान्ति सम्झौता’ का अन्तर्य ज्ञानहरू सार्वजनिक गरेका थिए । उनले यूक्रेनलाई ‘शान्तिका लागि कुडाकर्कट’ को रूपमा चित्रण गर्दै भने कि रुस ‘यूक्रेनको स्थायी तटस्थता र सुरक्षा ग्यारेन्टी सम्बन्धी सन्धि’ चाहन्छ । त्यस्तो सन्धिका १८ वटा धारा र शसस्त्र सेना र अन्य चिजसँग सम्बन्धित परिशिष्ट रहेका छन् ।

गत महिना क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने— बेलायतले यूक्रेनमाथि सम्झौताको मस्यौदा अस्वीकार गर्न दबाब दिएर शान्ति सम्झौताको सम्भावनालाई तुहाएको थियो ।

सन् २०२२ को फेब्रुअरी-मार्चमा वास्तवमा के भएका थिए ? र, तिनले आजको शान्ति सन्दर्भमा हामीलाई के बताउँछन् त ?

वार्ताहरू 

रुसले यूक्रेनमाथि हस्तक्षेप गरेको ४ दिनपछि दुवै पक्षले बेलारुसमा वार्ता सुरुवात गरेका थिए । द न्यूओर्क टाइम्सका अनुसार यूक्रेनले रुसलाई युद्ध अत्याचारमा जिम्मेवार ठहर्‍याउने प्रयत्न गरेको थियो । क्रिमियालगायत रुसले कब्जा गरेको सबै भूभागबाट फिर्ता हुन र क्षतिपूर्ति तिर्न माग गरेको थियो ।

रुसले भने सन् २०१४ मा भएको क्रिमियामाथि रुसको अधीनस्थता स्वीकार गर्न, पूर्वी र दक्षिण पूर्वी क्षेत्रका रुसी बहुल प्रान्त र जिल्लामा स्वायत्तता प्रदान गर्न र यूक्रेनले स्थायी तटस्थताको नीति अवलम्बन गर्न माग गरेको थियो ।

वार्तामा कुनै प्रगति भएन । तर, दुवै पक्ष शान्तिवार्ता जारी राख्न सहमत भए । यो वार्तामा उनीहरूका राष्ट्रपति कार्यालय, रक्षा र परराष्ट्र मन्त्रालयका अधिकारी सामेल थिए ।

केही समयको स्थगनपछि मार्च ३ मा बेलारुसकै ब्रेस्ट क्षेत्रमा पुन: वार्ता भयो । यसपटकको छलफल यूक्रेनी शरणार्थीलाई मानवीय करिडोर उपलब्ध गराउने विषयमा केन्द्रित थियो ।

मार्च ७ को वार्ता युद्ध अन्त्यका लागि रुसी तथा यूक्रेनी शर्तको छलफलमा फर्किएको थियो । रोइटर्सले क्रेमलिनका प्रवक्ता पेश्कभलाई उद्धृत गरेअनुसार यूक्रेनले क्रिमिया रुसको भएको मान्यता दिन, संविधानमै तटस्थता लेख्न र दोनबासको टुक्रिएको क्षेत्र स्वीकार गर्न राजी भए रुसले एक क्षणमै युद्ध बन्द गर्नेछ ।

तर, यूक्रेनीले यी रुसी सर्त स्वीकार गरेनन् । उनीहरू क्रिमियालगायत सबै कब्जा क्षेत्रबाट रुस फिर्ता हुनुपर्ने र युद्धको क्षतिपूर्ती तिर्नुपर्ने अडानमा कायम रहे । यी तीन चरणका वार्तामा केही प्रगति भएको थियो । किभले यदि यी कुरा मानिए यूक्रेन स्थायी तटस्थताबारे विचार गर्न इच्छुक भएको बताएको थियो ।

बेलारुसमा भएका वार्ता यूक्रेनीका लागि रुचिकर भएनन् । त्यसपछि टर्कीका प्रधानमन्त्री एर्दोगान अघि सरे । मार्च १० मा स्थान परिवर्तन गरी टर्कीको समुन्द्र किनार अन्टाल्यामा वार्ताको मञ्च उपलब्ध गराइयो । रुसी विदेशमन्त्री सेर्गेई लाभारोभ र यूक्रेनी विदेशमन्त्री दिमित्रो कुलेवाले युद्धपछि पहिलोपटक एकअर्कालाई भेट्ने अवसर भए । उनीहरूले सङ्कटग्रस्त क्षेत्रहरूमा मानवीय करिडोर दिन र विशेषगरी मारिओपुलमा अस्थायी युद्धविराम सम्झौता गर्न छलफल गरेका थिए ।

यो बैठकको अध्यक्षता टर्कीका विदेशमन्त्री मेभलुट कागुओसोगियुले गरेका थिए । वार्ताका विषय सीमित थिए । तर, पनि कुनै निष्कर्ष निस्कन सकेन । यूक्रेनी विदेशमन्त्रीका अनुसार यो वार्ता किन दुर्भाग्यपूर्ण थियो भने पुटिनको सहमतिबिना लाभारोभ कुनै प्रतिबद्धता गर्न सक्ने अवस्थामा थिएनन् ।

यसबारे रुसी कानून मन्त्रालयको आधिकारिक वेबसाइटमा भनिएको कथा भने भिन्नै छ । त्यसअनुसार टर्की वार्तामा बेलारुस वार्ताका मार्गहरूलाई प्रतिस्थापन तथा अवमूल्यन गर्ने प्रयास गरिएको थियो । टर्कीका विदेशमन्त्रीले आफ्नो प्रयासलाई महत्त्वपूर्ण मानेका थिए । दुवै देशका विदेशमन्त्री सामेल भएका थिए ।

मार्च १४-१७ मा भिडियो कन्फ्रेन्समार्फत पाँचौँ चरणको वार्ता भएको थियो । यसले अहिलेसम्मका वार्तामा उत्कृष्ट नतिजा दिएको थियो । मार्च १५ मा यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्तामा प्रगति भएको बताएका थिए । लाभारोभ आशावादी देखिएका थिए ।

फाइनान्सिल टाइम्सले १५ बुँदे सम्भावित सम्झौताको सङ्केत गरेको थियो । त्यसमा यूक्रेनले नेटोसँगको संलग्नता र सुरक्षा प्रत्याभूतिको महत्वाकांक्षा त्याग गर्ने कुरा समेत थियो । तर, अपेक्षाविपरीत शान्तिको गतिविरुद्ध युद्धको गति अघि बढ्यो । मार्च २१ म भएको छैटौं चरणको वार्ताले कुनै सफलता प्राप्त गरेन । जेलेन्स्कीले पुटिनसँग आमनेसामने वार्ताका लागि आग्रह गरेका थिए। लाभारोभले अस्वीकार गर्दै भने—जब दुवै पक्षबीच सहमतिको सम्भावना बन्छ, अनि मात्र त्यसो गर्न उचित हुन्छ ।

अब वार्ताक्रममा गतिरोध आयो । यूक्रेनले मार्च २२ बाट प्रतिआक्रमण तीव्र बनायो । अप्रिल ३ मा किभ रुसी आक्रमणको जोखिमबाट मुक्त भएको थियो । मार्च २९ मा इस्तानबुलमा ७ औं चरण वार्ता भयो । यो वार्ताको सबैभन्दा प्रभावकाकारी चरण भएको रुसी पत्रिका प्राब्दाले लेखेको थियो । वार्ता परिणमदायी हुने अपेक्षाले रुसले आक्रमण घटाएको थियो । इस्तानबुल वार्ता सुरू हुनु एक साता अघिको यूक्रेनी आक्रमकता फिर्ता गरिएको थियो ।

सन् २०२३ जुन १७ मा पुटिनले टेलिभिजनमा भने—मस्यौदा नराम्रो नजिता हैन ।

यसपछि पुटिन आफैँले जेलेन्स्कीलाई भेट्न चाहेका थिए । तर, त्यो कहिल्यै भएन । लाभारोभले वासिङ्गटन, लण्डन र ब्रसेल्सले यूक्रेनलाई आफ्नो फाइदाका लागि उपयोग गरेको आरोप लगाए । जेलेन्सकीले रुस जबसम्म क्रिमिया र दोनबासको कब्जा गरिएको क्षेत्रबाट फर्किँदैन, तबसम्म कुनै पनि प्रकारको शान्ति सम्झौता नहुने घोषणा गर्दिए ।

असफताका कारण

के सन् २०२२ को मार्चका शान्ति वार्ता हुने सम्भावना थियो ? यदि थियो भने किन गुम्यो ? खासमा दुवै पक्ष त्यति नजिक भएकै थिएनन्, जति सर्तका सुझाव राखिएका थिए । यूक्रेन नेटोमा सामेल हुने इच्छा त्याग्न राजी थियो । तर, सबै महाशक्तिले सुरक्षाको प्रत्याभूति दिएको खण्डमा । तर, सन् २०१४ को क्रिमियाको रुसमा विलयबारे सम्झौता हुने सम्भावना थिएन ।

रुसभाषी क्षेत्र दोनबासको भविष्यलाई लिएर पनि कुनै प्रगति भएन । दोनबासको भविष्यसँग सम्बन्धित फ्रान्स र जर्मनीको मध्यस्थतामा भएका मिन्स्क एक र दुई भनिने वार्तामा सन् २०१५ पछि रुसी कब्जा भएका क्षेत्रमा स्वायत्तताको सवाल थियो ।

रुसीहरूले किभ कब्जा गर्न सकेनन् । तसर्थ, उनीहरू कुनै विकल्प खोज्न बाध्य थिए । उनीहरूको प्रारम्भिक आक्रामकताले यूक्रेनलाई वार्ताको टेबलमा ल्याएको थियो । मार्च २२ को प्रतिआक्रामकतापछि यूक्रेनमा विजयको भाव देखिन थालेको थियो । युद्धको सघनताले यति धेरै क्षति भइसकेको थियो शान्ति वार्ता गरेर बचाउनुपर्ने नै केही थिएन ।

अप्रिल ६ मा बेलायती प्रधानमन्त्री बोरिस जोनसन किभ गए । उनले किभका लागि दुई सामान्य सन्देश लगेका थिए ।

पहिलो— पुटिन युद्ध अपराधी हुन् । उनीसँग वार्ता गर्ने हैन, दण्ड दिनुपर्छ ।

दोस्रो— यदि किभले पुटिनसँग कुनै सम्झौता गर्‍यो नै भने पनि नेटो शक्तिले समर्थन गर्ने छैनन् ।

जोनसन किभबाट फर्किएको ३ दिनपछि पुटिनले शान्तिवार्ता मृत भएको घोषणा गरे ।

जोनसनले जेलेन्स्कीलाई १३० मिलियन डलरको सैनिक उपकरण र ५०० मिलियन डलरको आर्थिक सहायताको वचनबद्धता गरे । अमेरिकी राष्ट्रपति जो बाइडनले ८०० मिलियन डलरको सैन्य सहायता घोषणा गरे ।

जोनसनको हस्तक्षेपलाई यसकारण क्षमा गरिन्छ कि निर्णाधिकार यूक्रेनको थियो । यूक्रेनले के गर्नुपर्छ भनेर जोनसनले बताउन सक्दैनथे । रुससँगको शान्ति वार्ताको साटो नेटोसँगको सहकार्यको खोजी यूक्रेनको स्वतन्त्रता थियो ।

तर, नेटोले कुन अवस्थामा के गर्छ भन्ने कुरा जोनसनले बताउन सक्थे । बेलायत र अमेरिकाका सहयोग निसर्तभन्दा बढी ससर्त थिए ।

भविष्यमा के होला ?

यूक्रेनको सैन्य अवस्था अहिले गतिरोधमा छ । नयाँ शान्ति वार्ताका लागि दबाब अनुमान गर्न सकिने छ । यसबीच अमेरिकी र रुसी अधिकारीबीच गोप्य वार्ता भइरहेका समाचार छन् । चीन, भ्याक्टिन, ब्राजिल, मेक्सिको र अन्यले सार्वजनिकरूपमै शान्ति वार्ताको पहल गर्दैछन् ।

अनातोली लेभियन र जेफरी स्यासजस्ता वैचारिक नेतृत्वले तत्काल युद्धविरामका लागि कडारूपमा बोल्दैछन् । यी पहलदकदमी यस अर्थमा हुँदैछन् कि युद्धले कुनै परिणाम दिइरहेको छैन, बरु आणविक टकराव सजिलै हुन सक्नेछ ।

युद्ध यूक्रेनको मात्र हैन, विश्व व्यवस्थाका महाशक्तिहरूबीचको वैध व्यवस्थाको सवाल हो । ठूला शक्तिबीचको सहमतिको अभाव हो । रुस आफ्नो सुरक्षा र अक्षुणताका लागि युद्ध अपरिहार्य ठान्दछ । अर्कोतिर यूक्रेन आफूलाई एक पूर्ण सार्वभौम देश र विदेश नीतिको स्वतन्त्रता चाहन्छ । यी दुई सोच शान्ति वार्ताका लागि सबैभन्दा ठूला संचरनात्मक समस्या हुन् ।

सन् २०२२ को अप्रिलमा शान्ति वार्ताको क्रम टुटेपछि सैन्य स्थितिमा कुनै परिवर्तन छैन । रुसले नेटोको सहयोग प्राप्त यूक्रेनलाई हराउन सक्ने छैन । यूक्रेनले आफ्नो बलिया र ठूलो छिमेकीलाई हराउन सक्ने छैन । तोपखाना, सैन्य संख्या र वायुशक्तिका दृष्टिले रुस सबल छ । यी पक्षले यूक्रेन र नेटोलाई युद्ध अन्त्य गर्न प्रलोभित गर्दछन् । न त आर्थिक प्रतिबन्धले रुसको युद्ध जारी राख्ने क्षमतामा कुनै प्रभाव परेको छ ।

उदाहरण र पाठका लागि स्वाभाविकरूपमा इतिहासलाई हेर्ने गरिन्छ । सन् १९३९-४० मा फिनल्याण्डले जस्तै यूक्रेनले आफनो स्वतन्त्रताको युद्ध लडेको छ । एक अर्थमा जितेको छ । फिनल्याण्डको स्वतन्त्रता केही भूभागको मूल्यमा सम्भव भएको थियो । तर, अब सन् २०१४ अघिको यूक्रेन भनिने नक्सा पुन स्थीर हुने सम्भावना कम छ ।

नेटो बाहिर यूक्रेनको सुरक्षा प्रत्याभूतिको सवाल शीतयुद्धकालीन नेटो-बार्सा प्याक्ट प्रणालीलाई पुनर्स्थापित गर्ने नयाँ सुरक्षा प्रणालीतिर अभिमुख थियो । रुसले नेटो विरुद्धको सुरक्षा खोजिरहेको थियो । यूक्रेन रुसविरुद्ध नेटोभित्र सुरक्षा खोजिरहेको थियो । यसले के देखाउँछ भने सुरक्षा सम्झौताको नेटो एक भाग मात्र हैन, मुख्य भाग हो ।

यूक्रेनको सुरक्षा यूक्रेनको नेटो सदस्यता रोक्ने रुसको प्रयासभन्दा बढी नेटोमा निर्भर हुन सक्दैन । बिल बन्र्स जो, अहिले सीआईएका निर्देशक छन् उनले सन् १९९५ मा लेखेका थिए— युरोपको सुरक्षा व्यवस्थाको आवश्यकता रुसको हितमा पर्याप्त हुनु पर्दछ ताकि, पुनर्जीवित रुसले त्यसलाई परिमार्जित गर्ने कुनै बाध्यकारी कारण नहोस् । पश्चिमसँग रुसको सम्बन्धको छाप दशकौंसम्म रहन्छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को संरचना परिवर्तन युद्ध रोक्ने एक प्रभावकारी विश्व संयन्त्र बन्न सक्दछ । त्यसका लागि ‘आर्क परिवर्तन’ गरी ‘पुन: डिजाइन’ गरिनु पर्दछ ।

कुनै पनि चिज काममा जानुअघि विचारका रूपमा आउने हो । यी विचार कार्यान्वयन हुने बेला नभएको हुन सक्दछ । तर, हामीले शान्तिको आवश्यकता र फाइदाबारे कुरा गर्न छोड्नु हुँदैन भलैकी त्यसको समय नआइसकेको होस् ।

द वायरबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved