एनआइसी बैंकले भन्यो – शाखा बन्द गर्ने भन्दै आएका समाचार भ्रामक हुन्

नेपालभ्युज

एनआइसी बैंकले भन्यो – शाखा बन्द गर्ने भन्दै आएका समाचार भ्रामक हुन्

काठमाडौं । एनआइसी एशिया बैंकले सञ्चार माध्यममा आफ्ना केही शाखा बन्द गर्ने भनेर आएका समाचार भ्रामक भएको जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरूमा आएको उक्त सूचना गलत भएको जनाएको हो । बैंकले सञ्चार माध्यमहरूलाई यस्ता भ्रामक समाचार प्रकाशित नगर्न अनुरोध समेत गरेको छ ।

बैंकको विज्ञप्तिमा भनिएको छ, ‘‘केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।”

हाल विभिन्न सञ्चार माध्यममा बैंकले आफ्ना ५० शाखा कार्यालय बन्द गर्न लागेको र सोको स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाह फैलाइएको भन्दै विज्ञप्तीमा यस्ता समाचारमा कुनै सत्यता नरहेको जनाइएको ।

साथै आफ्ना कुनै पनि शाखा कार्यालय बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved