अर्धशतकपछि भीम थियो मसँग, त्यसैले ठुलो इनिङ्‍स खेल्न सकेँ: अनिल साह

नेपालभ्युज

अर्धशतकपछि भीम थियो मसँग, त्यसैले ठुलो इनिङ्‍स खेल्न सकेँ: अनिल साह

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट खेलमा शतक प्रहार गरेका अनिल साह र भीम सार्कीले आफ्नो खुसी साटेका छन्।

सोमबार क्यानडालाई ९ विकेटले पराजित गरेपश्चातको पत्रकार अन्तरक्रियामा अनिलले आफ्नो मेहेनतले नै जित सम्भव भएको बताएका हुन्।

उनले टोलीको लागि कसरी हुन्छ धैरै रन बनाउने लक्ष्य रहेको बताए । ‘खुुसी छु। रन पुगेको छैन नि त। टोलीको लागि जति रन बनायो त्यति नै योगदन देखिन्छ, ’उनले भने।

अनिलले अविजित ११२ रनको योगदानबारे योजना भन्दा पनि प्रतिक्रिया रहेको बताए। ‘बल हेरेर रिएक्ट गरेको हो। हरेक सट्स अभ्यास गरेका छौँ। त्यहाँ खेल्दा माइन्ड ब्लांक राखेर मात्र गरेको हो। भाग्यवश ग्यापमा आईरहेको थियो। त्यहि अनुरुप तालिम गरेका थियौँ। कडा परिश्रमको नै नतिजा हो,’अनिलले भने।

अनिलले राष्ट्रिय टोलीमा भएको हेल्दी प्रतिस्पर्धाबारे बोल्दै भने, ‘राष्ट्रिय टोलीमा हेल्दी कम्पिटिसन छ। झन् सबले प्रदर्शन गरेपछि झन् रमाइलो हुन्छ। हाम्रो काम रन बनाउने हो। बाँकी जे हुन्छ हुन्छ। हामी हाम्रो काम गरिरहेका छौँ।’

विगत ५ वर्षमा केवल २ खेल मात्र खेलेका अनिलले अहिले आफ्नो समय राम्रो भईरहेको बताए। उनले वन बल ब्याटलमा सबैजना लागि परेको जानकारी गराए।

उनले भने, ‘बलिङ गर्दा होस, किपिङ गर्दा वा फिल्डिङ गर्दा, केवल वन बल ब्याटल गरिरहेका छौँ।’ बीचबीचमा फोकस हराए पनि भीमले मलाई सहयोग गरेको अनिलले बताए।

शतकपश्चातको सेलिब्रेसनबारे उनले भने, ‘शतक हानेर यस्तो रिएक्सन दिमागमा थिएन। पहिला पनि केहि हुँदैन कि सेन्चुरी हानेर यस्तो सेलिब्रेट गर्छु त्यसतो सेलिब्रेट गर्छु भनेर। खोइ कस्तो गरे मैले थाहा छैन। तर, निस्क्यो होला।’

अर्धशतक हानेपश्चातको क्षणलाई सम्झिन्दैँ उनले भने, ‘५० पछि भीम थियो अरु केहि पनि थिएन। एउटा ५० लागिसकेको थिए। सेलिब्रेट गरिसकेको थिए। पुगिसकेको थियो मलाई।’

भीमसँगको सहकार्यलाई सम्झिँदै उनले भने, ‘बलको मेरिटमा खेलम् । जे भइरहेको छ हुन दिनु । बनाएर खेल्नु थिएन । प्लान यहि थियो। धेरै सोच्नु थिएन । हरेक बलमा सिदा खेल्नु थियो । हरेक बलमा फोकस ल्याउनु थियो । फोकस ब्याक बारे हाम्रो कुरा भएको थियो ।’

यस्तै, आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतकबारे भीमले भने, ‘पछिल्लो समय २०–३० रन पाएर त्यसलाई कन्भर्ट गर्न सकिरेको थिएन। यो मेरो लागि अवसर हो भनेर सोचिरेहको थिए।’

उनले अनिलसँगको कुराकानी बारे भने, ‘४० भन्दा माथि पुगेपछि नटआउट जानुपर्छ, लामो इनिङ खेलेर जाने अनिल दाईसँग कुरा भएको थियो।’

उनले अनिलको ब्याटिङबारे पनि टिपणी गरे। ‘अनिल दाई न्याचुरल ब्याटिङ डिफेन्सीभ छैन। पोजेटिभ्ली नै खेल्ने गर्नुहुन्छ। बीचमा दुवैको शतक हुन सक्छ भनेर कुरा भएको थियो,’ भीमले भने।

भीमले शतकसम्मको यात्रालाई सम्झिन्दैँ भने,‘पहिले देशका लागि खेल्नु पर्छ भनेर लागेको थिए। अहिले हामीले जितेको अत्याधिक खेलमा परेको छु। अहिले आफ्नो प्रदर्शनलाई निरन्तर सुधार कसरी गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गरेको छु।’

उनले अहिलेको क्यानडाविरुद्धको सिरिजमा हरेक खेलाडीले अवसर पाएको बताए। उनले घरेलु प्रतियोगिता लगातार खेल्दा र घरेलु मैदानका कारण लिग–२ मा पनि एडभान्टेज हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved