गौरिका र नासिरले बनाए पौडीमा राष्ट्रिय कीर्तिमान

नेपालभ्युज

गौरिका र नासिरले बनाए पौडीमा राष्ट्रिय कीर्तिमान

काठमाडौं । पौडीवाजद्वय गौरिका सिंह र नासिर याहा हुसेनले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा  कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

गौरिकाले आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गर्दै निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ सेकेन्डमा पूरा गरिन् ।

यसअघि सन् २०२३ मा जापानमा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा गौरिकाले निर्धारित दुरी १ मिनेट ६ दशमलव ८० सेकेन्डमा पार गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् ।

यस्तै २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनेट ५६ दशमलव ३९ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाए । उनले सन् २०२३ मा जापानमा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा उक्त दुरी १ मिनेट ५७ दशमलव २६ सेकेन्डमा पूरा गरेका थिए । सोमबार आफ्नो पुरानो प्रदर्शनमा सुधार गर्दै नासिरले राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

आइतबारमात्रै नासिरले ४०० मिटर फ्रिस्टायलमा ४ मिनेट ५ दशमलव ६५ सेकेन्डको किर्तिमान कायम गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved