कांग्रेसबाट धोका भयो : अध्यक्ष प्रचण्ड

नेपालभ्युज

कांग्रेसबाट धोका भयो : अध्यक्ष प्रचण्ड
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको गठबन्धन फलदायक नभएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताए ।

कोशी प्रदेशमा आफ्नो पार्टीको नेताले चुनावमा हार व्यहोरेकोप्रति उनले कांग्रेसबाट सधैँ धोका पाइरहेको बताएका हुन् । त्यसकारण अब गठबन्धनबारे सोच्नुपर्ने अवस्था आएको प्रचण्डको भनाई छ ।

उनले अब एक्लै चुनाव जित्ने गरी पार्टी निर्माण अभियानमा लाग्नुपर्ने बताए ।

गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved