क्यानडाविरुद्ध अनिल साहको शतक

नेपालभ्युज

क्यानडाविरुद्ध अनिल साहको शतक

काठमाडौं। क्यानडविरुद्धको एकदिवसीय क्रिकेटमा अनिल साहले शतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अनिल साहले ११६ बलमा शतक पूरा गरेका हुन्।  एकदिवसीय अन्तर्राष्ट्रियमा अनिलको यो पहिलो शतक हो । छैठौं खेलमा उनले शतक हानेका हुन् ।

शतक बनाउने क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरेका छन् । विष्फोटक सुरुवात गरेका उनले पछि जिम्मेवारीपूर्ण ब्याटिङ गरेका थिए ।

लामो समयपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका अनिलले लगातार दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

क्यानडाविरुद्धकै यसअघिको खेलमा उनले १९ बलमै अर्धशतक प्रहार गरेका थिए । २३३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपाल जित नजिक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved