रफाहमा इजरायली आक्रमणबाट एक सयभन्दा बढीको मृत्यु

नेपालभ्युज

रफाहमा इजरायली आक्रमणबाट एक सयभन्दा बढीको मृत्यु

काठमाडौं । दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ ।

आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ ।

सोमबार बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ । इजरायली सेनाले दक्षिणी गाजामा हमासले श्रृङ्खलाबद्ध आक्रमण गरेको बताएको छ । आक्रमणबाट भएको क्षतिको विवरण भने दिएको छैन ।

सन् २०२३ को अक्टोबर ७ देखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार एक १७६ पुगेको छ । आक्रमणमा ६७ हजार ७८४ घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।

गाजामा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि करिब आधा बासिन्दा सुरक्षाको खोजीमा इजिप्टको छेउमा रहेको रफाहमा पुगेका छन् ।

रफाह क्रसिङमार्फत विदेशी देशहरू र संयुक्त राष्ट्रका एजेन्सीबाट खाना तथा औषधि सहायता प्राप्त गर्दे जीवन गुजारिरहेका छन् । सीमावर्ती रफाह सहरमा कृषि भूमि, विद्यालय र सडक किनारमा विस्थापितहरूले भरिएको छ । –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved