१५ दशमलव ३३ अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन 

नेपालभ्युज

१५ दशमलव ३३ अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ३३ अंकले बढेर २१०१ दशमलव १६ विन्दुमा पुगेको छ ।

आज ३१४ कम्पनीका ७५ हजार १ सय ५ पटकको कारोबारमा १ करोड १० लाख ८ हजार १ सय २२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २४ अंकले बढेर ३७५ दशमलव ९९ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved