मिथुन चक्रवर्तीलाई ब्रेन स्ट्रोक

नेपालभ्युज

मिथुन चक्रवर्तीलाई ब्रेन स्ट्रोक

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्ती आइतबार अस्पताल भर्ना भएका छन् । उनलाई के भएको भनेर अहिले अस्पतालले खुलासा गरेको छ ।

हाल उनको उपचार कोलकाताको अपोलो अस्पतालमा भइरहेको छ । मिथुनलाई छातीमा दुखाई भएपछि अस्पताल लगिएको थियो । अस्पतालले जारी गरेको बयानमा मिथुनलाई ब्रेन स्ट्रोक समेत आएको बताइएको छ ।

उनी अहिले चिकित्सकको निगरानीमा छन् । अस्पतालले उपचारबारे अपडेट दिँदै उनलाई उपचारकै क्रममा Ischemic Cerebrovascular Accident स्ट्रोक आएको भनेको छ ।

स्ट्रोक भए पनि उनी होसमै भएको समेत अस्पतालले बताएको छ । मिथुन बलिउडका चर्चित स्टार हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved