काठमाडौ। कालिकास्थान स्थित सर्वनाम थिएटरमा यहि माघ २७ गतेदेखि नाटक ‘द डिपाचर’ को मञ्चन सुरु भएको छ।
प्रेम र समर्पणमा रूमलिएको परिवार र प्रेमिल जोडी बिचको मनस्थिती र परिस्थितिकाे एउटा कथा समेटेर नाटक तयार पारिएको छ।
नरेन भट्टराईले लेखेको नाटक ‘द डिपाचर’ मा परिस्थितिले परिवार र प्रेमीको माया छाडेर बिदेशीनु पर्नेको कथालाई समेटिएको छ।
कृष्ण खड्काको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा फर्कनेहरूको आसमा बसेका पर्खनेहरूको पीडालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ।
‘द डिपाचर’ मा नरेन भट्टराई , शोभा कार्की , मुकेश हमाल, धिरज थापामगर , स्वस्थानी राउत, सुरज पराजुली , विध्यक तिलकको अभिनय रहेको छ।
माघ २७ गतेदेखि मञ्चन भएको नाटक फागुन ५ गते सम्म हरेक दिन साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।
तस्वीरहरु:-
Facebook Comment
Comment