क्यानडाविरुद्ध नेपालको २०० रन पुरा

नेपालभ्युज

क्यानडाविरुद्ध नेपालको २०० रन पुरा

काठमाडौं। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले २०० रन पुरा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले ३१.५ ओभरमा २०० रन पुरा गरेको हो ।

नेपालका लागि देव खनाल र रोहित कुमार पौडेलले प्रभावशाली ब्याटिङ प्रस्तुत गरिरहेका छन् । दुवै ब्याट्सम्यानले आफ्नो अर्धशतकको आँकडा पुरा गरिसकेका छन् ।

यसअघि अनिल साह ५० रन बनाएर आउट भए भने आसिफ शेखले १० रन बनाए।

क्यानडाले दिएको २८६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved