काठमाडौं । भारतीय अभिनेता मिथुन चक्रवर्ती फिल्मको सुटिङका क्रममा छाती दुखेपछि शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना भएका छन् ।
मिथुनको एमआरआई परीक्षण गरिएको अस्पताल स्रोतले जनाएको छ ।
मिथुन सोहम चक्रवर्तीको फिल्म शास्त्रीको सुटिङ गरिरहेका छन् । त्यही क्रममा उनको स्वास्थ्य बिग्रिएको हो ।
हाल उनी न्यूरो मेडिसिन विशेषज्ञ डा. सजय भौमिकको रेखदेखमा छन् ।
उनको उपचारका लागि विज्ञहरुको टोली गठन गरिएको छ । मिथुनलाई छाती दुख्नुका साथै अन्य धेरै समस्या रहेको अस्पताल स्रोतले जनाएको छ । अहिले उनको स्वास्थ्यमा सबै किसिमको परीक्षण भइरहेको छ ।
गत वर्ष दुर्गा पूजाको समयमा रिलिज भएको मिथुनको फिल्म काबुलीवालाले निकै तारिफ पाएको थियो ।
शास्त्री फिल्मको सुटिङ जनवरीमा सुरु भएको थियो । यो फिल्ममार्फत् मिथुन र अभिनेत्री देवश्री राईको जोडी झण्डै १६ वर्षपछि ठूलो पर्दामा फर्किने भएको छ ।
यो फिल्म यसै वर्ष दुर्गा पुजामा रिलिज हुने भएको छ ।
Facebook Comment
Comment