एजेन्सी । फिस स्पाको प्रयोग मानिसहरु सुन्दर देखिन तथा आरामका लागि गर्दछन् । फिस स्पा एक प्रकारको ब्यूटी ट्रिटमेन्ट हो जसलाई मानिसहरु छाला मुलायम तथा सुन्दर बनाउन गराउँछन् ।
यो स्पामा तपाईंलाई एउटा पानीले भरिएको भाँडामा खुट्टा राख्न लगाइन्छ । जहाँ साना साना माछा हुन्छन्, जसले खुट्टामा भएको फोहोर खान्छन् र सुन्दर बनाइदिन्छन् ।
तर, के थाहा पाउनु भएको छ यसो गर्नु स्वास्थ्यका लागि गम्भीर पनि हुन सक्छ । फिस स्पा को कारणले छालासँग जोडिएका तथा अन्य स्वास्थ्य समस्या पनि आउन सक्छ ।
रोगको खतरा
फिस स्पा गर्नाले तपाईंलाई सोरायसिस, एक्जिमा, एचआइभी जस्ता रोग पनि लाग्न सक्छन् । यदि माछाले यस्ता रोगले संक्रमित व्यक्तिलाई टोकेपछि तपाईंलाई टोकेभने सर्न सक्छ ।
छालामा संक्रमण
फिस स्पा गर्नाले तपाईंको छालामा संक्रमणको खतरा पनि हुन्छ । पानीमा भएका माछा विभिन्न प्रकारका व्याक्टेरिया हुन्छन् । यदि तपाईं यस्ता ब्याक्टेरियाको सम्पर्कमा आउनुहुन्छ भने संक्रमणको खतरा बढ्छ ।
यही कारणले गर्दा फिस स्पा अमेरिका, क्यानडा लगायत संसारका विभिन्न देशमा प्रतिबन्ध नै लगाइएको छ ।
छालाको रंग खराब
फिस स्पा गराउँदा तपाईंको स्किन टोन पनि खराब हुन सक्छ । सही तरिकाले पेडिक्योर नहुँदा तपाईंको छाला एकदमै रफ देखिन्छ । यही कारणले तपाईंको छाला कतै सफा त कतै फोहोर खालको देखिन सक्छ ।
नङलाई पनि नोक्सान
फिस स्पाका क्रममा औंला र नङलाई पनि नोक्सान हुन सक्छ । कहिलेकाँही ती माछाले तपाईंका नङ टोक्ने गर्छन् । जसले गर्दा नङ खराब पनि हुन सक्छ ।
फिस स्पा वा फिस पेडिक्योर गराउनु एकदमै अस्वस्थकर मानिन्छ । ट्यांकीमा भएको पानी धेरै दिनदेखि रहिरहेको हुन्छ साथमा यसमा विभिन्न केमिकलको प्रयोग गरिन्छ ।
तपाईंले त्यस्तो स्पा गरिरहेको अवस्थामा खुट्टामा दुखाई वा कुनै अस्वाभाविक महसुस भयो भने तुरुन्त बाहिर निकाल्नुहोस् । सकेसम्म तपाईं पेडिक्योरका लागि अन्य उपाय अपनाउनुहोस्, फिस स्पा नगर्नुहोस् ।
Facebook Comment
Comment