अन्तरदेशीय र व्यापारिक नाका संचालनमा प्राथमिकता दिएको छु : प्रधानमन्त्री

नेपालभ्युज

अन्तरदेशीय र व्यापारिक नाका संचालनमा प्राथमिकता दिएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका संचालन र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताएका छन् ।

शनिवार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका संचालन र व्यवस्थित गर्न दिएको दाबी गरे ।

परिणामस्वरुप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री दाहालले बताए ।

उनले चिनियाँ राजदुतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको जानकारी दिए ।

साथै, प्रचण्डले छलफलमा रम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved