काठमाडौं । पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा हेर्दा कुनै पनि दलको एकल बहुमत नआउने देखिएको छ ।
२६५ सिटमध्ये २५० सिटको अन्तिम नजिता आउँदा अग्रस्थानमा रहेको इमरान खानलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवारहरुले ९९ सिट जितेका छन् ।
बुहमत ल्याउनको लागि १३४ सिट आवश्यक पर्दछ । यही आधारलाई हेर्ने हो भने स्वतन्त्र उम्मेदवारले नतिजा आउन बाँकी रहेका १५ सिट जितेपनि कुल विजयी सिटको संख्या ११४ पुग्ने छ । बहुमतका लागि अझै २० सिट आवश्यक पर्नेछ । त्यो असम्भव छ ।
आयोगका अनुसार नवाजको पार्टी पाकिस्तान मुस्लिम पाकिस्तान मुस्लिम लीग ७१ सिटसहित दोस्रो स्थानमा छ ।
पाकिस्तान पीपल्स पार्टीले ५३ सिटमा जित निकालेको छ ।
पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एउटा सिटको निर्वाचन स्थगित भएको छ । बाँकी ७० सिट आरक्षित छन् । सरकार बनाउन १३४ सिटमा बहुमत चाहिन्छ ।
Facebook Comment
Comment