पाकिस्तानमा १२४ सिटको छिनोफानो हुँदा इमरान समर्थकले बनाए फराकिलो अग्रता

नेपालभ्युज

पाकिस्तानमा १२४ सिटको छिनोफानो हुँदा इमरान समर्थकले बनाए फराकिलो अग्रता

काठमाडौं । पाकिस्तानमा संसद र प्रान्तीय निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)को सर्मथन रहेका स्वतन्त्र उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

अहिलेसम्म १२४ सिटको छिनोफानो हुँदा पीटीआई समर्थित उम्मेदवारले ४९ सिट जितेका छन् । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ३८ सिटमा जित हासिल गरेको छ ।

यस्तै, पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ३१ सिट जित्दै तेस्रो स्थानमा छ । पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन्। जसमध्ये २६५ सिटमा मतदान भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved