काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरुबाट संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन् ।
शुक्रवार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले निर्वाचनमा भग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताए ।
‘आफू जादुगर हुँ’ भन्दै आउनेहरु लोकरिजाँईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको थापाको भनाइ छ ।
उनले भने, ‘म जादुगर हुँ भनेर आउँछ । यो पनि यो लोकरिजाँईको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ । संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।’
उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताए ।
Facebook Comment
Comment