केन्याका कथित धार्मिक नेतामाथि १९१ बालबालिकाको हत्या गरेको अभियोग

नेपालभ्युज

केन्याका कथित धार्मिक नेतामाथि १९१ बालबालिकाको हत्या गरेको अभियोग

नौरोबी । मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ ।

गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उनका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो । महिनौँसम्म खोजी गरेपछि अधिकारीहरूले ती शव विशाल जंगलबाट बाहिर निकालेका थिए ।

यद्यपि सिएनएनका अनुसार म्याकेन्जी र अन्य २९ जनाले दोष स्वीकार गरेका छैनन् । संदिग्धमध्ये एक जनालाई मुद्दा चलाउनका लागि मानसिकरूपमा अयोग्य पाइएको छ । यसका साथै म्याकेन्जीमाथि आतङ्कवाद, हत्या र बाल क्रुरतासहित अन्य थुप्रै आरोप लगाइको छ ।

कथितरूपमा उनको ट्रायल मार्च ७ देखि सुरु हुने सिएनएनले बताएको छ । गुड न्युज इन्टरनेसनल चर्च सञ्चालन गर्ने म्याकेन्जीमाथि डुम्सडे (प्रलयको दिन) पन्थको नेतृत्व गरेको आरोप छ ।

डुम्सडेमा उनले मृतक स्वर्गमा पुग्न सकुन् भनेर आफ्ना अनुयायीलाई आफू र आफ्ना छोराछोरीलाई भोकै मर्न निर्देशन दिएका थिए ।

त्यसपछि म्याकेन्जीको निर्देशनअनुसार पन्थले संसारको अन्त्यको तयारी गरिरहेको अनुसन्धानकर्ताले जनाएका छन् । अनुसन्धनकर्ताले प्रमाणका लागि जङ्गलमा महिनौँसम्म खोजबिन गरेकाले म्याकेन्जी गत अप्रिलदेखि हिरासतमा छन‍् ।

बरामद गरिएका शवहरूमध्ये धेरैको भोकमरीले मृत्यु भएको पत्ता लागेको थियो । अन्य शवमा आघात र घाँटी थिचेको लक्षण देखिएको छ ।

गत महिना एक अदालतले म्याकेन्जीविरुद्ध अभियोजकले आरोप नल्याए उनलाई रिहा गर्ने धम्की दिएको थियो । धेरैजसो शव गम्भीररूपमा कुहिएका कारण डिएनएमार्फत पीडित पहिचान गर्न लामो प्रक्रियाको सामना गर्नुपरेको अभियोजकले जवाफ दिएका थिए ।

एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved