यूरोको मूल्य स्थिर रहँदा पाउण्डको बढ्यो

नेपालभ्युज

यूरोको मूल्य स्थिर रहँदा पाउण्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरोको विनिमय दर स्थिर रहेको छ भने पाउण्डको केही बढेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा हुँदा बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा हुँदा बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९२ पैसा हुँदा बिक्री दर १६७ रुपैयाँ ६८ पैसा रहेको छ । त्यसै गरी, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved