काठमाडौं । र्यापर किलर माइकलाई सोमबार लस एन्जलसको एरिनामा तीनवटा ग्रामी जितेको केही समयपछि पक्राउ गरिएको थियो ।
एरिनामा ग्रामी अवार्ड आयोजना चलिरहेका बेला स्टेजमा झगडा गरेपछि उनलाई पक्राउ गरिएको हो । तर, केही समयपछि उनी रिहा भए ।
लस एन्जलस पुलिसले सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै जन्म नाम माइकल रेन्डर गरेका ‘किलर माइक’लाई ‘सानो गल्ती’ गरेको आरोपमा हिरासतमा लिएको जनाएको छ ।
आफ्नो गिरफ्तारीभन्दा ठीक अघि माइक स्टेजमा तीनवटा ग्रामी अवार्ड हल्लाउँदै विजय उत्सव मनाइरहेका थिए ।
सोमबार अमेरिकाको लस एन्जलसमा संगीत जगतको प्रतिष्ठित अवार्ड ‘ग्रामी’को आयोजना गरिएको थियो । यस अवार्डमा कुल ९४ विधामा कलाकारलाई सम्मान गरिएको थियो ।
टेलर स्विफ्टको एल्वम ‘मिडनाइट्स’ले ‘एल्वम अफ द इयर अवार्ड’ पाएको छ ।
माइली साइरसको गीत ‘फ्लावर’ले ‘रेकर्ड अफ द इयर’को ग्रामी अवार्ड पाएको छ भने ‘गीत अफ द इयर’को अवार्ड इलिशको गीत ‘ह्वाट वाज आई मेड फर’लाई दिइएको छ ।
Facebook Comment
Comment