काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताएका छन् ।
पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले जनताको विश्वास कसरी जित्ने ? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरुले कुनैपनि अर्थमा ठिक भन्न नसकिने तर्क गरेका हुन् ।
पार्टीका उपाध्यक्ष डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’को आइतवार काठमाडौंमा एक कार्यक्रममा नेपालले हिजो जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्नेहरुले आज आएर पनि त्यो विचारलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
जनताको विश्वास जितेर लोकप्रियता हासिल गर्ने कुरा जबजको मान्यता भएकाले त्यसलाई अंगिकार गरेर आफूहरु अघि बढ्ने उनले दोहोर्याए ।
Facebook Comment
Comment