काठमाडौं। युक्रेनका लागि ५० अर्ब यूरो बराबरको राहत सामग्री उपलब्ध गराउन २७ युरोपेली नेताहरुबीच सहमति भएको छ।
पछिल्लो समय सो सहमतीलाई हंगेरीले अस्वीकार गरे पनि युरोपेली नेताहरुले भने त्यसमा सहमती जनाएका हुन्।
युक्रेनका राष्ट्रपति भ्लेलोदिमिर जेलेन्स्कीले यूरोपेली राष्ट्रहरुको सहयोगलाई स्वागत गरेका छन्। सो सहयोगले राष्ट्रको आर्थिक र वित्तीय स्थिरता सृजना गर्न मद्दत पुग्ने उनले बताए।
सहयोगको पहिलो किस्ता मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरेको युक्रेनको अर्थमन्त्रालयाले जनाएको छ। सो सहयोगलाई युक्रेनले आगामी ४ वर्षको लागि तलब, पेन्सन तथा अन्य खर्च मा प्रयोग गर्नेछ।
अमेरिकी कंग्रेसले सेनाको सहयोग रोकेसँगै यूरोपेली राष्ट्रबाट सहयोग आएको हो। तथापि, गत डिसेम्बरमा यूरोपियन समिटमा झैँ हंगेरीका प्रधानमन्त्रीले फेरि पनि राहत सामग्रीमा रोक लगाउने सम्भावना पनि रहेको छ।
Facebook Comment
Comment