बजार परिसूचक घट्ने क्रम जारी, कारोबार हुने साताको अन्तिम दिन ३१ अंकको गिरावट

नेपालभ्युज

बजार परिसूचक घट्ने क्रम जारी, कारोबार हुने साताको अन्तिम दिन ३१ अंकको गिरावट

काठमाडौं। कारोबार हुने साताको अन्तिम दिन बजार परिसूचक नेप्से ३०.९२ अंकले घटेको छ ।

बुधबार पनि नेप्सेमा २१ अंकको गिरावट आएको थियो । बिहीबार ३०.९२ अंकले घटेर नेप्से २ हजार ६७ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेमा बिहीबार ४ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ ।

जम्मा १९ कम्पनीको मूल्य बढ्यो भने २२६ कम्पनीको घटेको छ । एउटा कम्पनीको भने स्थिर रह्यो । बिहीबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.६९ अंकले घट्दै ३७३.९३ अंकमा झरेको छ ।

फाइनान्स बाहेकका सबै समूह घटेका छन् । फाइनान्स भने ०.२१ प्रतिशतमा सकारात्मक रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.३ प्रतिशत घट्यो । बैंकिङ १४, विकास बैंक ५२, होटल तथा पर्यटन ४२, हाइड्रोपावर ६२, जीवन बीमा १३६, उत्पादन ७८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा १२५, अन्य ३६ र ब्यापार ०.४७ अंक घटे ।

समाज लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.१ प्रतिशत बढ्यो । रावा इनर्जीको ३.८, दोल्ती पावरको २.९ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको ९.४, मिडसोलु हाइड्रोको ६.८, मोलुङ हाइड्रोपावरको ६.४, थ्रीस्टार हाइड्रोको ६.१ र पिपुल्स हाइड्रोपावरको ५.८ प्रतिशतले मूल्य घट्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved