प्रधानमन्त्री कप क्रिकेट

आर्मीले दियो गण्डकीलाई १३३ रनको सामान्य लक्ष्य

नेपालभ्युज

आर्मीले दियो गण्डकीलाई १३३ रनको सामान्य लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई १३३ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी ३९.१ ओभरमा १३२ रनमा अलआउट भएको हो।

आर्मीका लागि इम्रान शेखले ३४ र सोमपाल कामीले २३ रन बनाए। गण्डकीका लागि कृष्ण पौडेल, विपिन खत्री, अमृत गुरुङ र कमल परियारले २–२ विकेट लिए।

सन्दीप पराजुली र रोशन गौतमले भने १–१ विकेट लिए।

गण्डकीलाई हराउन सके आर्मी १४ अंकमा शीर्ष दुईभित्र रहँदै फाइनलमा पुग्नेछ । फराकिलो हारले भने बागमती प्रदेशको भाग्य खुल्नेछ । समान १२ अंक भएका आर्मी र बागमती रनरेटका आधारमा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved