यी हुन् रास्वपाले दबाब यात्रा गर्ने आयोजना र अगुवाइ गर्ने नेता

नेपालभ्युज

यी हुन् रास्वपाले दबाब यात्रा गर्ने आयोजना र अगुवाइ गर्ने नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको छ ।

सभापति रवि लामिछानेले माघ २१ मा मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्ने बताएका छन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु सहभागी हुने रास्वपाले जनाएको छ  ।

२२ माघदेखि संसद अधिवेशन सुरु हुने भएकाले अरु आयोजनाको दबाब यात्राको मिति नतोकिएपनि रास्वपाले दबाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम भने टुंग्याएको छ ।

मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्रालाई सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् भने सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।।

 यी हुन् रास्वपाले दबाब यात्रा गर्ने आयोजना र अगुवाइ गर्ने नेता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved