बुधबार सुनको मूल्यमा समान्य वृद्धि, चाँदी भने स्थिर

नेपालभ्युज

बुधबार सुनको मूल्यमा समान्य वृद्धि, चाँदी भने स्थिर

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य बढेको छ।

मंगलबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

चाँदी प्रतितोला एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन बुधबार प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved