आहा रारा गोल्डकपमा चर्च ब्वाइजसँग पुलिस स्तब्ध

सेमिफाइनल समीकरण पूरा

नेपालभ्युज

आहा रारा गोल्डकपमा चर्च ब्वाइजसँग पुलिस स्तब्ध

काठमाडौं। चर्च ब्वाइज यूनाईटेड क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा चर्च ब्वाईज यूनाईटेडले नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गरेको हो।

चर्च ब्वाईजका लागि समिर तामाङले गरेको एकमात्र गोल निर्णायक बन्यो । ७२ औं मिनेटमा समिरले गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाए। सोपछि गोल हुन सकेन र खेल चर्च ब्याइजले १-० ले जित्यो ।

मंगलबारको खेलसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ । चर्च ब्याइजले त्रिभुवन आर्मी क्लकसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा भने जावलाखेल युथले थ्रीस्टार क्लबको सामना गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved