काठमाडौँ। बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा दुई वटा नाटक मञ्चनको तयारीमा छन्।
चे शंकरको लेखन र निर्देशनमा, शहिद गंगालाल फाउन्डेसन नेपालको प्रस्तुति र गार्डेन थिएटर कम्युनिटीको सहकार्यमा बनेको नाटक ‘गगालाल’ यही माघ १९ गतेदेखि मञ्चन हुदैछ।
शहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित भएर यो नाटक निर्माण गरिएको हो । नाटक गंगालाल, माघ १९ देखि २९ गतेसम्म हरेक दिन साँझ ५:१५ बजे र शनिवार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन गरिनेछ।
यसैगरी गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’ मा आधारित नाटक ‘झोडा’ पनि मञ्चनको तयारीमा छ। चेतन आङथुपोको परिकल्पना र निर्देशनमा बनेको नाटक यही फागुन ११ गतेदेखि मञ्चन हुन लागेको शिल्पीले जनाएको छ। चुलाचुली रङ्गमञ्चको प्रस्तुति रहेको नाटक ‘झोडा’ फागुन २२ गतेसम्म मञ्चन हुनेछ। नाटकमा तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको निर्माण पक्षले जानकारी दिएको छ।
Facebook Comment
Comment