मुलुकभरको तापक्रम घट्दै , काठमाडौंको २ दशमलव ५ डिग्री

नेपालभ्युज

मुलुकभरको तापक्रम घट्दै , काठमाडौंको २ दशमलव ५ डिग्री

काठमाडौ । मुलुकभर आंशिक तथा समान्य बदली रहने छ । कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा केहि साता यता जारी हुस्सु र कुहिरो आज पनि निरन्तर छ ।

तराईका अधिकांश स्थानमा हुस्सु /कुहिरो लागेको छ । चिसो मौसमका कारण दैनिक जनजीवन प्रभावित भएको छ । त्यस्तै, तराईमा लागेको बाक्लो हुस्सुका कारण सडक तथा हवाई यातायात समेत प्रभावित हुने भएकाले उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved