एउटा गलत फैसलाले बर्बाद बनाएको गायिका अनुराधा पौडवालको सिंगो करियर

नेपालभ्युज

एउटा गलत फैसलाले बर्बाद बनाएको गायिका अनुराधा पौडवालको सिंगो करियर

काठमाडौं । बलिउड गायिका अनुराधा पौडवालका लागि सायदै परिचयको आवश्यकता पर्छ । सन् १९७३ मा गायिकाको रूपमा डेब्यू गरेदेखि नै उनी लोकप्रियताको शिखरमा रहन सफल गायिका हुन् ।

उनलाई ९० को दशककी क्विन समेत भनेर चिनिन्छ । उनले जति पनि गीत गाइन् ती गीत अहिलेसम्म पनि उत्तिकै रुचाइएका छन् । अहिले पनि उनका फ्यानको मनमा उनी उतिकै लोकप्रिय छिन् ।

उनी त्यस्ती भाग्यमानी गायिका हुन् जसले आशा भोस्ले, किशोरकुमार , मुकेशजस्ता सांगितक आइकनसँग काम गर्ने अवसर पाइन् । उनी जतिबेला चर्चाको शिखरमा थिइन् त्यो बेला बलिउडको संगीत क्षेत्र पनि सुनौलो युगमा चम्किरहेको थियो ।

शालिन प्रस्तुती र सुमधुर स्वरकी धनी पौडवाल विवादको घेरामा समेत तानिइएकी थिइन् ।

गायिका अल्का याज्ञनिकले उनीमाथि गीत चोरी गरेको आरोप समेत लगाएकी थिइन् । अल्काले भनेकी थिइन् – नुराधाले मेरो आवाजको स्वरमा रहेको गीतलाई चोरेर जस्ताको तस्तै आफ्नो आवाजमा गाएर दरिद्रता देखाएकी छन्

लता मंगेशकरको भन्दा धेरै गीत आफुले एक दिनमा गाएर लताको रेकर्ड बे्रक गरेको दाबी गरेकी थिइन् । त्यतिबेला टी सिरिजमा अनुराधाका गीतहरु ब्याक टु ब्याक आइरहेका थिए, जुन गीतहरु चर्चित पनि थिए । त्यही उन्मादमा उनले लता भन्दा आफु धरै गीत गाउने दाबी गरेकी थिइन् ।

उनका अभिव्यक्तिलाई लिएर बलिउडमा निकै आलोचना समेत भएको थियो ।

त्यस्तै, अनुराधाले लता र आशा भोसलेले बलिउड संगीतमा एकाधिकार जमाएको आरोप पनि लगाएकी थिइन् । आलोचना र विवादको घेरामा पर्दै गएपछि अनुराधाले काम पाउन छाड्दै गइन् ।

उनलाई अन्य म्यूजिक डाइरेक्टरले काम दिन छाडेपछि विक्षिप्त बनेकी गायिका पौडवाल टी सिरिजमा मात्रै गाउने निर्णयमा पुगिन् । उनले टी सिरिजमा मात्रै गाउने कसम नै खाइन् ।

यहि निर्णयले उनलाई संगीतको साँघुरो घेरामा सिमिति गरिदियो । टी सिरिज बाहेक अन्य गीत नगाउने उनको यही निर्णय उनका लागि जीवनकै ठूलो गल्ती भइदियो ।

उनको दिनप्रतिदिन उकालो लाग्दै गरेको करियर त्यही एउटा निर्णयले एकाएक ओरालो लाग्दै गयो ।

६८ वर्षिया पौडवाल अहिले भजन किर्तनमा आवाज दिएर संगीतलाई निरन्तरता दिइरहेकी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved