काठमाडौंमा आज यो वर्षको सबैभन्दा जाडो

नेपालभ्युज

काठमाडौंमा आज यो वर्षको सबैभन्दा जाडो

काठमाडौ । पूर्वी तथा मध्य पहाडी भूभागका साथै मधेस प्रदेशमा आज आंशिक बदली हुने छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैबीच काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ । बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना भने नभएको महाशाखाले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved