चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख नेपालमा, उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने

नेपालभ्युज

चिनियाँ कम्युनिष्ट पार्टीकी विदेश विभाग उपप्रमुख नेपालमा, उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छिन् ।  उनी तीन दिने भ्रमणका लागि आज बिहान नेपाल ओर्लिएकी हुन् ।

तीन दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछिन् ।

उनले शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

आइतबार उनी सोल्टी होटलमा हुने एउटा कार्यक्रममा उनी सहभागी हुनेछिन् । त्यस्तै, आइतबार नै उनले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ ।

आइतबार नै उनले माओवादी केन्द्रका दोस्रो तहका नेतासँग पनि भेटघाट गर्नेछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved