दैनिक काँचो पनिर खाँदा के हुन्छ ?

नेपालभ्युज

दैनिक काँचो पनिर खाँदा के हुन्छ ?

एजेन्सी । पनीरलाई पकाएर मात्र होइन यसलाई काँचै खाँदा पनि शरीरलाई फाइदा हुन्छ ।

यसमा पाइने पोषक तत्वले धेरै रोगसँग लड्ने क्षमता दिन्छ । जानौं यसलाई काँचै खाँदा हुने लाभका बारेमा–

  • काँचो पनीरमा भिटामिन बी, प्रोटिन, क्याल्सियम, जिंक, म्याग्नेशियम जस्तो पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छ ।
  • काँचो पनीर हड्डीलाई बलियो बनाउन सहयोगी हुन्छ । यसमा क्याल्सियमको मात्रा भरपूर हुन्छ जसले हड्डीलाई बलियो बनाउनुका साथै जोर्नीहरुको दुखाईबाट पनि आराम दिन्छ ।
  • काँचो पनीरमा पाइने एन्टीअक्सीडेन्ट गुणले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको सेवनले विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ ।
  • पनीरमा पाइने पोटाशियम, क्याल्सियम र म्याग्नेशियम जस्ता पोषक तत्वले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छन् । मुटुका बिरामीका लागि पनि काँचो पनिर फाइदाजनक नै मानिन्छ ।
  • छाला र कपाललाई स्वस्थ राख्न पनि काँचो पनिर खान सकिन्छ । पनीरमा पाइने प्रोटिनले छालासँग जोडिएका रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।
  • मांसपेशीलाई बढाउन तथा बलियो बनाउन पनि काँचो पनिर खान सकिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved